logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

काठमाडौमा कोरोना संक्रमित, टेकुमा उपचार हुदै


  • राजनीति
  • सोमबार, चैत्र १० २०७६

बिश्व भर आतंक बनेको कोरोना नेपालमा समेत भेटिएको छ । फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको छ।

सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो केस हो। महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो।

अहिले उनी उपचारपछि निको भएर घर फर्किएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार