राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सेतिमहाकाली ब्युरोले प्रहरी समक्ष आत्मसमर्पण गरेको भन्दै बझाङका तत्कालीन जिल्ला अध्यक्ष बिनोद थापालाइ निष्काशन गरेको छ । ब्युरो संयोजक बिरेन्द्र शाह द्धारा जारी बिज्ञप्तीमा उक्त कुरा जनाइएको छ ।
थापाले बझाङ जिल्ला प्रहरी कार्यालयमा गएर आत्मसमर्पण गरी क्रान्ति प्रती गद्दारी गरेको भन्दै उनलाइ निश्काशन गरिएको क्रान्तिकारीले जनाएको छ।
ब्युरो द्धारा जारी बिज्ञप्ती यस्तो छ
हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) शैक्षिक क्षेत्रको आमूल रुपान्तरणका लागि संघर्ष रहि क्रान्तिको यात्रा अगाडी बढिरहेको कुरा सर्वविदितै छ।
हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) बझाङ का जिल्ला अध्यक्ष विनोद थापा विगत केही महिना यता सङ्गठनको सम्पर्कमा नरहि आफू खुशी अनुशासन विरोधी गतिविधिमा संलग्न रहेका थिए र उनी सङ्गठनको आन्तरिक कार्वाहीको प्रक्रियामा थिए । यसै सिलसिलामा उनी आफै बझाङ जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनमा गई आत्मसमर्पण गरेको हुँदा उन लाई सङ्गठनको साधारण सदस्य समेत न रहने गरि निष्काशन गरिएको छ। यस्ता क्रान्तिका गद्दार र भगौडाहरु को भ्रममा नपरि क्रान्तिको प्रक्रियामा अविचलित अडिग रहन हाम्रो सङ्गठनका सम्पुर्ण कमरेडहरु , शुभचिन्तक र समर्थकहरुमा हार्दिक अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित !
