logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सहयाेग सामाग्री सहित चिनियाँ विमान काठमाडौं आउदै


  • राजनीति
  • मंगलबार, चैत्र ११ २०७६

कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ।

विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। त्यही स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो।

परराष्ट्र मन्त्राललाई उद्धृत गर्दै नेपाल समाचार पत्र दैनिकले छापेको समाचार अनुसार चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको हो।

नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो।

सोमबार मात्रै चिनियाँ राजदूत होउ यान्कीले यो संकटको बेलामा नेपाल एक्लै नरहेको बताउँदै चीन सदैव साथमा रहेको उल्लेख गरेकी थिइन्। उनले नेपालका लागि आवश्यक सहयोग सामाग्री पठाउने तयारी भइरहेको जनाएकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार