logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चितवनमा मृत्यु भएका युवा काेराेनाले हाेइन, लुपसकाे कारण : अस्पताल


  • राजनीति
  • मंगलबार, चैत्र ११ २०७६

भरतपुर कोरोना विशेष(अस्थायी) अस्पतालमा मृत्यु भएका युवक लुपसका बिरामी भएको अस्पतालले स्पष्ट पारेको छ।

वीरगन्ज–२२ जगन्नथपुरका सन्तोष यादवलाई लुपस भनिने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको समस्या देखिएको थियो।

अस्पताद्धारा जारी विज्ञप्तिमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो।मृतक यादवको श्वासप्रश्वासमा समस्या बढेपछि आइसीयूमा सारिएको थियो।

यादवको मंगलबार बिहान मृत्यु भएको थियो।

यादवलाई ज्वरो र निमोनिया पनि देखिएका कारण कोरोना परीक्षणका लागि नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा भोजराज अधिकारीले जानकारी दिए। रिपोर्ट नआएसम्म यादवको शव आइसोलेसनमा राखिएको अस्पतलाले जनाएको छ।

लुपस एक प्रकारको अटोईम्युन डिजिज हो।

शरीरको रोग निरोधक शक्तिले जव आफ्नै शरीरको स्वस्थ कोषलाई असर गर्न थाल्छ त्यस बेलामा अटोईम्युन डिजिज सुरु हुन थाल्छ । यो विषेश गरि युवा अवस्थामा तथा महिलाहरुमा सुरु भई लामो समयमसम्म रहने दिर्घकालिन रोग हो। यसले आँखा, छाला, मिर्गौला, फोक्सो, मष्तिष्क आदिमा असर गर्नसक्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार