logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरामा कुस्मा नगरपालिकाकी उपमेयरको गाडी दुर्घटना


  • राजनीति
  • आइतबार, बैशाख २ २०७५

पोखरा- काठमाडौंबाट पोखरा आउँदै गरेकी कुस्मा नगरपालिकाकी उपमयेर सिता काफ्ले लामिछाने सवार  बोलेरो जिपलाई पोखराबाट दुलेगौडा जाँदै गरेको ट्रकले ठक्कर दिँदा लामिछँने घाइते भएकि छन्।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडास्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएका हुन्। ठक्कर पछि जिप पल्टिएको थियो। जिपमा सवार उपमेयर सहित उनकी छोरी, चालक विनोद क्षेत्री र शिब क्षेत्री घाइते भएका छन्।

उनीमध्ये दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जिप, ट्रक र ट्रक चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार