logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अब ५ रुपैयाँमै पाइने, दैनिक ७० हजार मास्क उत्पादन गर्दै मल्होत्रा,


  • पत्रपत्रिका
  • बुधबार, चैत्र १२ २०७६

व्यवसायी दीपक मल्होत्राले दैनिक ७० हजार मास्क उत्पादन सुरु गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेका हुन्।

कोरोना भाइरस (कोभिड–१९) फैलिनसक्ने त्रासका बीच मास्क अभाव भएका बेला सोमबारदेखि उनले दैनिक ७० हजार सर्जिकल मास्क उत्पादन गर्न सुरु गरेका छन् । केही दिनमा उनले उत्पादन गरेका मास्क बजारमा आउँदैछन्। आफूहरुले मास्क उत्पादन सुरु गरेपछि बजारमा मास्कमा भैरहेको कालोबजारी पनि अन्त्य हुने उनको दाबी छ । उक्त मास्कको मूल्य ५ रुपैयाँ पर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार