logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेता विश्वकर्मा र उपाध्याय रिहा


  • राजनीति
  • बुधबार, चैत्र १२ २०७६

सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नविन विश्वकर्मा र अनेमसंघ क्रान्तिकारीकी महासचिव धिरिन्द्रा उपाध्याय रिहा भएका छन् ।

बन्दीप्रत्यक्षीकरणको रिटमाथी सुनुवाई गर्दै न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले दुबैजनालाई छोड्न आदेश दिएपछि दुबै जना रिहा भएका हुन् । विश्वकर्मा माइला लामा पक्राउ परेपछि उपत्यका इन्चार्ज थिए भने उपाध्याय काठमाण्डौं सेक्रेटरी थिईन् । दुबैजनालाई गैरकानुनी थुनामा राखेको भन्दै रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

उपाध्याय गत साउन १३ गते र विश्वकर्मा असोज ८ गते काठमाण्डौंबाट पक्राउ परेका थिए भने । दुबै जनालाई झण्डै सात महिना नख्खु जेलमा राखि काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरेपछि पुनः गिरफ्तार गरी सुनसरी हुँदै शनिबार कालिकोट पुर्याइएको थियो । यसअघि पनि उनीहरुलाई गत चैत ३गते सर्वोच्च अदालतले रिहा आदेश दिएपनि अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार