logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पाेखराको क्वारेन्टाइनमा राखिएका एककाे मृत्यु


  • राजनीति
  • बुधबार, चैत्र १२ २०७६

भारतबाट फर्किएका एक ब्यक्तिको पोखरामा मृत्यु भएको छ । १२ दिनअघि भारत हैदराबादबाट फर्किएका रुपा गाउँपालिका निवासी ५० वर्षीय बिश्व बन्धु नेपाली रहेको जनाइएको छ ।

थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनि १२ दिनअघि भारबाट आएको  भएपनी  हिजो मंगलबारबाट उनलाई क्वारेन्टाइनमा राखिएकाे रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिएका छन् ।

उनलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्मिाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पताल निर्देशक अर्जुन आचार्यले बताए । भने उनलाई मुटुको रोग, कलेजोमा पानि जमिराखेको भन्नने रहेको बुझिएको छ ।

क्वारेन्टाइनमा प्रेसरको औषधि खान नदिँदा पोखरामा एक जनाको मृत्यु

गाउँपालिकाको चरम लापरबाहीले नेपालीको ज्यान गएको आरोप

गाउँपालिकाले विद्यालयमा बनाएको क्वारेन्टाइनमा एक जनाको ज्यान गएको छ । भारतको हैदरवादबाट आएका स्थानीय विश्वबन्धु नेपालीलाई गाउँपालिकाले प्रेसरको औषधि खान नदिएपछि उनको ज्यान गएको हो ।
१२ दिनअघि नेपाल आएका नेपालीको कास्कीको रुपा गाउँपालिकास्थित विश्व शान्ति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा मृत्यु भएको हो । लामो समय देखी नियमित प्रेसरको औषधि खादै आएका नेपालीलाई मङ्गलवार गाउँपालिकाका अध्यक्ष र केही स्थानीयले त्रास देखाएर क्वारेन्टाइनमा पु-याएका थिए । आफू क्वारेन्टाइनमा बस्ने तर प्रेसरको औषधि नियमित खाने गरेकाले औषधीको व्यवस्था गरिदिन वा घरमा छुटेको औषधि ल्याउने समय माग्दा समेत स्थानीय जनप्रतिनिधिलाई नदिएपछि उनको उच्च रक्तचापका कारण मृत्यु भएको मृतकका परिवारको आरोप छ । नेपालीको शव अहिले पोखरा क्षेत्रीय अस्पतालमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार