logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोनाको डाटा ट्रयाक गर्ने नेपाली सिस्टम लन्च


  • राजनीति
  • शुक्रबार, चैत्र १४ २०७६

प्रिक्सा टेक्नोलोजिजको ख.बर सोलुशनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणसम्बन्धी विवरण हेर्न मिल्ने सिस्टम लन्च गरेको छ ।

जसअनुसार कोरोनानेपाल.लाइभ ( https://coronanepal.live) नामक पोर्टलमा गएर नेपालका साथै विश्वका अन्य देशको कुल संक्रमण, मृत्यु तथा  निको भएकाको संख्या हेर्न सकिन्छ ।

यस सिस्टमको अगुवाई गर्ने प्रिक्सा टेक्नोलोजिजका सिईओ मनिष कुमार शर्मा भन्छन्, “कोरोना ट्रयाकर सिस्टमले नेपालको संक्रमण तथ्यांक हेर्न र सतर्क रहन मद्यत गर्छ । डाटालाई चित्रमा हेर्दा त्यसको महत्व बढ्ने हुनाले नेपालकै
यस सिस्टमले तथ्यांक मात्र नभई विभिन्न आधिकारिक नेपाली अनलाइन पोर्टलबाट कोरोना भाइरससम्बन्धी समाचार खोजेर समेत राखेको छ । यस सिस्टमलाई कम्पुटर, मोबाइल, ट्याब्लेट सबैबाट हेर्न मिल्ने पनि शर्माले बताए ।

अहिलेको लकडाउनको अवस्थामा यसले सही तथ्य सूचना तथा समाचार छिटो र छरितो रुपमा थाहा पाउन सहयोगी हुने प्रिक्साले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार