राजनीति
विप्लव नेतृत्वको नेकपाकाे प्रवासी संगठन नेपाली जनप्रगतिशिल माेर्चा कतारकाे विवाद छताछुल्ल भएकाे छ । केहिदिन अघि माेर्चाकाे कतार कमिटीमा दुइटा टिम घाेषणा गरिएका थिए । तर हिजाे बसेकाे माेर्चाकाे दुबै टिमका सदस्य सम्मेलित बैठक बस्दै साजन गुरुङ नेतृत्वको नेपाली जनप्रगतिशिल मोर्चा कतारको पहिलो बैठकले बहुमत सदस्यहरु बाट जे पि किशोर पोद्दार लाई कारबाही सहित निस्कासन गरेकाे छ ।
बैठकका निर्णयबारे शुक्रबार एक प्रेश विज्ञप्ति जारी गर्दै माेर्चाले आधिकारिक टिमकाे बारेमा आफ्नाे धारणा सार्वजनिक गरेकाे छ ।
जारी विज्ञप्तिमा भनिएकाे छ ‘हाम्रो गौरवशाली तथा महान संगठन नेपाली जनप्रगतिशिल मोर्चा (समानन्तर समिती) कतार एउटा नयाँ सिराबाट अघि बढिरहेको यो बिषम परिस्थितिको बारेमा समस्त प्रगतिशील बिचार र आस्थावान तथा सुभचिन्तक हरुमा सर्व विदितै छ ।
पछिल्लो चरण मोर्चाको नेतृत्व पंक्तिको लापरबाहीले गर्दा संगठनमा देखा परेका बिषम परिस्थितिको कारण यसले गम्भीर मोड लिइरहदा प्रगतिशील बिचार र सिद्धान्त माथि नै एकात्मकबादि चिन्तनहरु हाबी हुदै संगठन नै विलीन हुने खतरा देखिए पछि। अन्तिम विकल्पको रुपमा बहुमतको संख्यामा समानन्तर समिती निर्माण गर्न बाध्य पारिएको थियो ‘।
यस्तै विज्ञप्तिमा ‘अध्यक्षको एकात्मक शैली र अपरिपक्व व्यबहार देखी लिएर जिम्मेवारहिन बन्दै मनोमानी ढंगले प्रस्तुत हुने जस्ता सांगठनिक ब्याबहारहरुले गर्दा हाम्रो गौरवशाली संगठन नै उच्च जोखिममा पर्ने देखिए संगै मोर्चाका केन्द्रीय सदस्यहरुले सुध्रिनको लागी गरेको बारम्बारको अनुरोधलाइ पनि बेवास्ता गर्दै जेपि किशोर पोधार सधै सिङ्गो मोर्चा र पार्टीको निर्देशन भन्दा पनि मध्यपुर्ब शाखा सेक्रेटरी रमेश गिरिको व्यक्तिगत निर्देशनलाइ हुबहु पालना गर्दै आफ्नै शैलीमा निरन्तर अघि बढिरहने र केन्द्रीय सदस्य देखी मोर्चाको सचिवालय सदस्यहरुलाइ पनि बाइपास गर्दै पुर्वाग्राही ढंगले केन्द्रीय समितिका इमानदार र कुसल साथिहरुलाइ कार्वाही गर्दै जाने र आफ्नो अनुकुलको ब्यक्तीहरुलाइ मात्र समेटेर सामाजिक संजाल फेसबुकमा अलग ग्रुप बनाउने जस्ता दुस्साहस मात्र नभएर आर्थिक हिनामिनाको बिषयमा प्रसङ्ग निकाल्ने सदस्यहरुलाइ पनि कार्वाही गर्दै गलत निर्णयहरुलाइ पनि एकात्मक शैलिमा पारित गर्दै अरुमाथी हाबी हुने जस्ता गम्भीर त्रुटिहरुको कारण सिङ्गो मोर्चा नै बिगठन हुनु पुगेको थियो’।
विज्ञप्ति मा अगाडि लेखिएकाे छ ‘त्यसकारण मोर्चाको समानन्तन समितिको पहिलो बैठक द्वारा नेपाली जनप्रगतिशिल मोर्चा कतार यो गम्भीर मोडमा आइपुग्नुको मुख्य दोषी मोर्चा अध्यक्ष नै रहेको केन्द्रिय सदस्यहरुको बहुमतले ठहर गर्दै जे पि किशोर पोधार द्वारा यस्तो अराजक र संगठनलाइ नै लंगडो बनाउने जस्ता गम्भीर त्रुटिपूर्ण कार्यहरु दोहोरिन नदिनको निम्ती मोर्चाको समानन्तर समितिको बैठकले बहुमतलाइ कदर गर्दै मोर्चाको सातौ अधिबेशन द्वारा निर्वाचित अध्यक्ष जेपि किसोर पोधार लाई मोर्चाको कुनै पनि जिम्मेवारी पदमा नरहने गरि कार्वाही स्वरुप निष्कासन गरिएको योहि प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौ’ ।
हेर्नुस् विज्ञप्ति