इटालीमा विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या चीनभन्दा धेरै भएको छ। शुक्रबार अबेरसम्मको तथ्यांकअनुसार इटालीमा ८६ हजार बढीमा संक्रमण पुष्टि भएको हो।
चीनमा सोही अवधिमा ८१ हजार ८९७ मा भाइरस पुष्टि भएको छ। जसमध्ये ५४ जना नयाँ संक्रमित थपिएका हुन्। राष्ट्रिय स्वास्थ्य आयोग चीनका अनुसार शुक्रबार मध्यरातसम्ममा थप ३ जनाको ज्यान गएको छ। यससँगै कोरोना संक्रमणबाट चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार २९६ पुगेको छ।
इटालीमा भने मृतकको संख्या ९ हजार १३४ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ।
अमेरिकामा १ लाख बढी संक्रमित
पछिल्लो पटक कोरोनाको ‘इपिसेन्टर’ बनेको अमेरिकामा गत २४ घण्टाभित्र १८ हजार नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमित संख्या १ लाख १ हजार ६५७ पुगेको छ। त्यस्तै थप ३४५ को ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
गत डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण विश्वका २०१ देशमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। यससँगै संक्रमित संख्या ५ लाख ९३ हजार २९१ पुगेको छ भने २७ हजार १९१ ले ज्यान गुमाइसकेका छन्।
धेरै प्रभावित देशको आँकडा
अमेरिका– संक्रमित: १,०१,६५७, मृत्यु: १,६८९, निको: ८६९
इटाली– संक्रमित: ८६,४९८, मृत्यु: ९,१३४, निको: १०,९५०
चीन– संक्रमित : ८१,८९७, मृत्यु: ३,२९६, निको: ७४,७२०
स्पेन– संक्रमित: ६५,७१९, मृत्यु: ५,१३८, निको: ९,३५७
जर्मनी– संक्रमित: ५०,८७१, मृत्यु: ३४२, निको: ६,६५८
फ्रान्स– संक्रमित: ३३,४०२, मृत्यु: १,९९७, निको: ५,७०७
इरान– संक्रमित: ३२,३३२, मृत्यु: २,३७८, निको: ११,१३३
बेलायत– संक्रमित: १४,७४५, मृत्यु: ७६१, निको: १५१
द. कोरिया– संक्रमित: ९,३३२, मृत्यु: १३९, निको: ४,५२८
भारत– संक्रमित: ८८७, मृत्यु: २०, निको: ६३
नेपाल– संक्रमित: ४, मृत्यु: ०, निको: १
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)