logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दुनिया रुवाउने मृत्यु , काेराेनाले लियाे बाबुछाेरीकाे ज्यान मलामी जान कसैले मानेनन्


  • एजेन्सी
  • शनिबार, चैत्र १५ २०७६

बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मसिस्टका कार्यरत छोरीको कोरोना भाइरसबाट २४ घण्टाभित्रै मृत्यु भएको छ।

हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा शर्माको कोरोना भाइरसबाट एक दिनको फरकमा ज्यान गएको हो।

हिथ्रोको टर्मिनल तीनमा कार्यरत शर्माको बुधवार र फार्मसिस्ट छोरी पूजाको बिहिबार निधन भएको थियो। शर्मा हिथ्रो विमानस्थलमा प्रिय अध्यागमन अधिकारीकारुपमा परिचित थिए।

जनवरी पहिलो सातदेखि हिथ्रो विमानस्थलमा काम थालेका शर्मालाई कोरोना भाइरस कहाँबाट लाग्यो भने पुष्टि भएको छैन। शर्माको अन्त्येष्टिमा कोही पनि मलामी जान मानेनन्। बेलायतको स्थिति पनि भयावह बन्दै गएको छ।

पश्चिमी लन्डनको होन्स्लोका सुधीर अन्य रोगका पनि पीडित भएको बताइएको छ। बेलातको चर्चित पत्रिका द सन का अनुसार उनीहरु बेलायती नागरिक नै थिए। तर उनीहरुको मुलथलो खुलाइएको छैन। होन्स्लो क्षेत्रमा करिब तीन हजार नेपाली परिवार बसोबास गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार