logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

लकडाउन उल्लंघन गर्ने सयौ मानिस पोखरा रंगशालामा थुनिए


  • राजनिती न्युज डेस्क
  • शनिबार, चैत्र १५ २०७६

जिल्ला प्रहरी कास्कीले लकडाउनलाई उल्लंघन गर्दै जथाभावी बाटोमा हिँडेको भ्नदै दर्जनौं व्यक्तिलाई पोखराको रंगशालाभित्र थुनेको छ । विभिन्न बाटोमा भेटिएकाहरुलाई प्रहरीले रंगशालाको भलिबल कोर्टमा थुनेको हो ।

प्रत्येक व्यक्ति नछोइने गरी उनीहरुलाई चउरमा राखिएको छ । कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अहिले उनीहरु सबैलाई लकडाउन गर्नुपर्नाको र बाहिर निस्कन नहुने कारण माइकबाट बताइरहेका छन् ।

केही घन्टाअघिदेखि थुनिएका झन्डे १ सय जना ती व्यक्तिहरुलाई सम्झाइबुझाइ गरी च्याडिएको थियो।

कोरोना भाइरस नफैलियोस् भनेर सरकारले लकडाउन घोषणा गरेको छ । यस्तोबेला सबैलाई घरैमा बस्न सरकारको आग्रह छ । त्यही आग्रह अटेर गरेकालाई रंगशालामा थुनिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार