logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग.. कोरोनाले स्पेनकी राजकुमारीको मृत्यु


  • राजनीति
  • शनिबार, चैत्र १५ २०७६

विश्वभर महामारीको रुपमा फैलिएको काेराेना भाइरसका संक्रमणका कारण स्पेनकि राजकुमारीकाे ज्यान गएकाे छ ।उनकाे कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको हाे ।

स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको निधनसँगै राजपरिवारको सदस्यहरुमा कोरोनाबाट निधन हुने पहिलो व्यक्ति मारिया टेरेसा बनेकी छिन् ।

८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको ले जानकारी दिएको स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु भएको डेली मेलले समेत पुष्टि गरेको छ ।

सन् १९३३ मा फ्रान्समा जन्मिएको मारियाका ६ सन्तान रहेका छन् ।

कोरोना भाईरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ८ सय १२ पुगेको छ भने संक्रमतिको संख्या ७२ हजार २ सय ४८ नाघेको छ । संक्रमति व्यक्तिहरु मध्ये १२ हजार सय ८५ जना उपचार पछि घर फर्केका छन् ।

काेराेनाका कारण युराेप का इटाली र स्पेन सबै भन्दा बढि प्रभावित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार