logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दुनियाँ स्तब्ध पार्ने दाहसंस्कार, परिवार क्वारेन्टाइनमा लिम्बुकाे अन्त्येष्टी


  • राजनीति
  • आइतबार, चैत्र १६ २०७६

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यानगुमाएका गैरआवासीय नेपाली अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको छ । कोरना संक्रमणपछि उपचाररत लिम्बुको मंगलबार बिहान मृत्यु भएको थियो। शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनी मार्फत दाहसंस्कार गरिएको हो।

परिवारका अन्य सदस्य समेत भाइरसका कारण बिरामी परेको र समुदायका व्यक्तिहरु समेत सहभागी हुन कठिनाई भएका कारण लिम्बुको दाहसंस्कारको जिम्मा,न्यूयोर्कको बु्रक्लिनमा रहेको ग्रिनउड सिमेट्री नामक नजी कम्पनीलाई दिइएको थियो । उक्त कम्पनीले करिब १२ सय अमेरिकी डलर लिएर लिम्बुको शुक्रबार दिउसो २ः३० बजे दाहसंस्कार गरेको हो।

न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय लिम्बुलाई स्थानिय कोरोना संक्रमणपछि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिब दुई दशकदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।

लिम्बुले मधुमेह र उच्च रक्तचापको औषधी प्रयोग गर्दै आएको पारिकवारकि स्रोतले जनाइएको छ । उनका जेठा छोरालाई पनि कोरोना संक्रमण देखिएको थियो तर केहीदिनको उपचारपछि उनी निको भएका छन्।

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले भने, ‘हाम्रो समुदायमा निकै दुखद घटना भयो, यस्तो परिस्थिति कसैले सामना गर्नु नपरोस।’ नेम्वाङले अमेरिकामा रहेका नेपाली समुदायलाई नआतिन र घरभित्रै बसेर यस रोगबाट जोगिन आग्रह गरेका छन् । मृतक लिम्बुको परिवारलाई सहयोग पुगोस भनेर अहिले गो फण्ड मार्फत रकम जुटाइएको छ । हाल गो फण्डमा १७ हजार अमेरिकी डलर भन्दा बढी रकम जम्मा भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार