logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राष्ट्रपति सि लाई प्रचण्डकाे बधाई पत्र


  • राजनीति
  • आइतबार, चैत्र १६ २०७६

पुर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिदै राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीलाई प्रचण्डले आइतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका हुन् ।

उनले पत्रमा नेपाल अहिले कोरोना संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै चीनको तर्फबाट नेपाललाई आवश्यक सहयोगको अपेक्षासमेत गरेका छन् ।

प्रचण्डले जतिसक्दो चाँडो नेपालका लागि आवश्यक मेडिकल सामग्रीलगायतका सामाग्री चीनबाट प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार