logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

८ दिन लक डाउन थप्ने सरकारकाे निर्णय


  • राजनीति
  • आइतबार, चैत्र १६ २०७६

सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस अघि आजै बसेकाे काेराेना राेकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको थियाे । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।
तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार