logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निजी स्कुलले १ महिनाकाे शुल्क लिन नपाउने


  • राजनीति
  • आइतबार, चैत्र १६ २०७६

सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।

यो निर्णय आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार