logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पाटन अस्पतालमा एक युवाको मृत्यु, कोरोनाको आशंका


  • राजनीति
  • सोमबार, चैत्र १७ २०७६

लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो ।

तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन् ।

यसैबीच पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए ।

उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइसकेको उनको भनाइ छ ।

ती पुरुषमा ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि भन्ने आशंकामा परीक्षणका लागि नमुना पठाइएको निर्देशक शर्माले बताए ।

उनका अनुसार पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार