logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

हस्पिटलले कोभिड क्लिनिक संचालन गर्ने मन्त्रालयको निर्देशन


  • राजनीति
  • मंगलबार, चैत्र १८ २०७६

कोरोना संक्रमणको त्रास फैलिरहेको बेला कतिपय हस्पिटललेब ज्वरो आएका बिरामीलाइ प्रवेश समेत नदिएको बेला सरकारले तोकेका अस्पताललाई कोभिड क्लिनिक अनिवार्य रुपमा संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

तोकिएका अस्पतालहरुले कोरोनाभाइरस (कोभिड-१९) शंकास्पद बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटोकलअनुसार उपचार गर्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोभिड – १९ को उपचार तोकिएका सबै अस्पतालले कोभिड क्लिनिक अनिर्वाय रुपमा संचालन गर्नुपर्ने मन्त्रालयले जनाएको छ । तोकिएका सबै हब अस्पताल, प्रादेशिक अस्पताल र प्रदेश अन्र्तगतका सबै अस्पतालहरुले कोडिभ – १९को आशंकामा आएका बिरामीलाई अनिर्वाय रुपमा उपचार गर्न स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत अस्पतालहरुलाई निर्देशन दिएको हो ।

यस्तै मेडिकल कलेज शिक्षण अस्पतालहरु तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु सबै पनि उपचारमा संलग्न हुन भनिएको छ । अस्पतालहरुले कोभिड क्लिनिकबाहेक अन्य आकस्मिक स्वास्थ्य उपाचार सेवा पनि प्रदान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

आकस्मिक सेवा प्रदान गर्दा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी बिरामी र बिरामीकाआफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमाराखेर आवश्यककाममिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।
अन्य अस्पतालको हकमा भने आकस्मिक उपचार सेवा यथावत राख्दै स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न विज्ञेप्तिमा भनिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार