logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाबाट इटलीमा ३६ जना डाक्टरकाे मृत्यु, झन्डै ९ हजार संक्रमित


  • एजेन्सी
  • मंगलबार, चैत्र १८ २०७६

इटालीमा कोरोना भाइरस (कोभिड–१९) बाट ६३ जना चिकित्सकको ज्यान गएको छ ।

इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश डक्टर लम्बार्डी क्षेत्रमा काम गर्थे ।

यो क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र हो । यो क्षेत्रमा मात्र अहिलेसम्म कोरोना भाइरसको कारण ४१ जना डक्टरको ज्यान गइसकेको छ ।

सीएनएनका अनुसार सोमबारसम्ममा इटालीका आठ हजार नौ सय ५६ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको इटालियन नेशनल इन्ष्टिच्युट अफ हेल्थले बताएको छ ।

अहिलेसम्म इटालीमा कोरोना भाइरसको कारण मृत्यु हुने मानिसको संख्या सबैभन्दा ११ हजार पाँच सय ९१ पुगिसकेको छ। संक्रमित हुने मानिसको संख्या पनि एक लाख नाघेको छ ।

सोमबारसम्मको तथ्यांक अनुसार इटालीमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या एक लाख एक हजार सात सय ३९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार