राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेखले मुलुकभर स्वास्थ्य संकटको रहेको भन्दै यस्तो घडीमा प्रतिबन्धको कुनै प्रबाह नगरी जनताको सेवामा लाग्ने घोषणा गरेको छ ।
जिल्ला इन्चार्ज दीपेन्द्र द्धारा हस्ताक्षरित बिज्ञप्तीमा उक्त कुरा बताइएको छ । स्थानीय निकायले देखी केन्द्र सम्म जिम्मेवार ढंगले प्रस्तुत हुन र जनस्वास्थ्यमा खेलवाड नगर्न सुझाव दिएकाछन । यस्तो संकटको बेला समेत भ्रष्टाचार र कालोबजारी गर्ने गरी हर्कत नगर्न चेतावनी समेत दिएकाछन । दिपेन्द्रले समग्र जिल्ला पार्टी जनताको स्वास्थ जिवन सग जोडीए सेवा गर्न निर्देशन जारी गरेकाछ्न ।
नेकपा दैलेखले संकटको बेलामा बिदेशी भुमिमा रहेका नेपालीलाइ ल्याउन र उनिहरुको स्वास्थ्य सुरक्षाको ब्यवस्थापन मिलाउन सरकार सग आग्रह गरेका छन ।
बिज्ञप्ती
नेपाल कम्यूनिष्ट पार्टी
जिल्ला सगठन समिति,दैलेख
प्रेस विज्ञप्ति
यतिबेला संसारभरिका मानवजातिको जीवन कोरोना भाईरसको कारणले शंकटमा परेको छ।कोरोना भाईरसको संक्रमणबाट हजारौं मानिसहरूको दुखद निधन भयको छ। लाखौं मानिसहरू रोगबाट संक्रमित भयका छन्। करौडौं मानिसहरू रोगबाट प्रभावित र भयभीत भयका छन्।विस्बका अधिकांश देशहरूमा लकडाउन गरियको छ।
हाम्रो देश नेपाललाई पनि लकडाउन गरियको छ। देशैभरी क्यारेन्टाईन,होमक्यारेन्टाईनको ब्यवस्था गरियको छ। हजारौं मानिसहरू क्यारेन्टाईनमा र लाखौं मानिसहरु होमक्यारेन्टाईनमा बसेका छन। अहिले सम्म पाच जनामा कोरोना भाईरस संक्रमित भयको स्वास्थ्य मन्त्रालयले पुस्टि गरेको छ। हजारौं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनितिकर्मीहरु र अन्य मानबिय भाबना भयका मानिसहरु कोरोना बिरुदको अभियानमा जुटेका छन्।
बिदेशमा रोजगारीको लागि गयका युवायुवतीहरु पनि स्वदेश फर्किदै छन।भारतमा रोजगारीको लागि गयका जनसमुदायहरु गाउँ फर्किन थालेका छन्। खुल्ला सिमाना भयकाले आवतजावतमा समस्या नभयपनि लकडाउनको कारणले बिज बाटोमा र भारतीय सिमा नाकामा कतिपय नेपालीहरु अलपत्र परेका छन्। मजदुरलाई साझ बिहानको हातमुख जोड्ने समस्या परेको छ।रोगले भन्दा भोगले मर्नुपर्ने अवस्था आउने त होईन भन्ने प्रश्न उब्जिएको छ। कालाबजारी ,महङी बढेको छ। कालाबजारी र महङी नियन्त्रण गर्न र मजदुर तथा समस्यामा परेका सम्पुर्ण नेपालीहरुको उचित व्यवस्थापन सरकारले गर्नुपर्ने हाम्रो पाटीको धारणा रहेको छ।
राजनितिक प्रतिबन्धका बिजबाट पनि शकटको घडिमा हाम्रो जनप्रिय पार्टी जनताको राहत र उद्धारमा जुटेको छ।यो शकटमा सम्पुर्ण जनसमुदायलाई एकजुट हुन,सचेत रहन र धेरै भयभीत नहुन अनुरोध गर्दछौं। जनता अप्ठ्यारोमा परेका बेला जनतालाई लुट्न पल्केका दलालहरुलाई खबरदारी गर्दछौं। होसियार दलालहरू!
ईन्चार्ज-दिपेन्द
नेपाल कम्यूनिष्ट पार्टी,दैलेख
