logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मसंग मेराे देशकाे एक थान नागरिकता छ !


  • स्नहे सायमि
  • मंगलबार, चैत्र १८ २०७६

मसंग छ एक थान

मेरो देशको नागरिकता
जसमा टांसिएको छ
मेरोे पुरानो पानी फोटो
मेरो उमेर
मेरो ठेगाना
सबै छ
मसंग एक थान छ
मेरो देशको नागरिकता

मलाइ थाहा थियो
मेरो देशको नागरिकता
भोट दिँदा काम लाग्दैन
मेरो नाममा कुनै अनागरिकले
मेरो नाममा भोट हालिसकेको हुन्छ

मलाइ थाहा थियो
मेरो नागरिकता
अनिकालमा काम लाग्दैन
मेरो नाममा अरु कसैले अनाज
गोदाम गरिसकेको हुन्छ

मेरो नागरिकता
अस्पतालमा काम लाग्दैन
मेरो नागरिकताको नम्बर
हालेर पाइने औषधि
स्टोरकिपरले
आफैलाइ बांडीरहेको हुन्छ

मलाइ थाहा थियो
मेरो देशले मेरो गाँस बासको
जिम्मेवारी लिँदैन
मलाइ थाहा थियो
मेरो देशले मेरो
मेरो शिक्षा र सुरक्षाको जिम्मा लिँदैन

देश बाहिर त धेरै पटक
एक गाँसकै लागि
अनागरिक भएको छुं
फालेर मेरो देशको परिचय
शरणार्थी भएको छुँ

नाघेको छुँ ठूला जंगलहरु
चौडा नदीहरु
जिन्दगी ?
यसलाई फालेको छुँ पटक पटक
अरबपतिहरुको आँगनमा
मलाई के गारा
यो महाकाली तरेर देश फर्कन
म त आएं सजिलै
बोकेर नागरिकता

मलाइ थाहा थिएन
यही नागरिकता
मेरो देश सम्झेर फर्कंदा
पक्राउ पर्ने चिर्कटो हुनेछ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार