logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प छैन – नेपाली कांग्रेसका नेता विश्वकर्मा


  • राजनीति
  • मंगलबार, बैशाख ४ २०७५

सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले बताएका छन्।
रिपोर्टर्स कल्वले मंगलबार राजधानीमा आयोजना गरेको साक्षत्कारमा नेता विश्वकर्माले ६ महिनाभित्र संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई सम्पन्न गर्न पनि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका हुन्।

उनले प्रतिनिधिसभामा ७ वटा समिति बनाउन उपयुक्त हुने प्रस्ताव समेत अगाडि सारेका छन्। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा १० वटा समिति बनाउने विषयमा करिव सहमति जुटेको भए पनि नेता विश्वकर्माले मन्त्रालयको संख्या घटेका कारण समितिको संख्या पनि घटाउन सुझाव दिए।

पूर्वमन्त्री समेत रहेका विश्वकर्माले राज्यलाई व्ययभार हुनेगरी समितिहरुको संख्या बढाउने कुरा जायज नहुने तर्क गरेका छन्। उनले कांग्रेस न्यायपालिकालाई संघीय संसदको मातहत ल्याउने कुराको विपक्षमा रहेको पनि स्पष्ट पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार