logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

फ्रान्समा काे’राेनाबाट एकैदिन ४ सय ९९ काे मृ’त्युु


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

काे’राेना महामारीबाट फ्रान्समा ४ सय ९९ को मृ’त्यु भएको छ । फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै यहाँ मृ’तकको संख्या ३ हजार ५ सय २३ पुगेको छ । उनीहरु सबैको मृ’त्यु अस्पतालमा भएको हो ।

फ्रान्समा महामारी सुरु भएपछि पहिलो पटक एकैदिन यति धेरैको मृ’त्यु भएको हो ।

पत्रकार सम्मेलनमा जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा देशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय ५० बाट बढेर ५२,१२८ पुगेको बताए ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार फ्रान्स ती ६ देशमध्ये एक हो जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म फ्रान्ससमेत अमेरिका, इटली, चीन, स्पेन र जर्मनीमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार