logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काेराेनाबाट ज्यान गुमाउने ४२ हजार बढी, हेर्नुस् ताजा अपडेट


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

बिश्वचरी फैलिएको को’रोना भा’इरसका कारण मृ’त्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृ’त्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृ’त्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ।

पछिल्लो समय ब्यापक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै हिजो एकैदिन ७ सय १९ जनाको ज्या’न गएको छ। २३ हजार ५ सय ५५ जना नयाँ संक्र’मित भेटिएका छन्।

अमेरिकामा हालसम्म १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित हुँदा ३ हजार ८ सय ६० जनाको मृ’त्यु भएको छ। यस्तै इटालीमा हिजो एकैदिन ८ सय ३७ जनाको मृ’त्यु भएको छ। इटालीमा १ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिदा १२ हजार ४ सय २८ जनाको मृ’त्यु भएको छ।

स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ। यस्तै जर्मनिमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृ’त्यु भएको छ।

छिमेकी देश भारतमा हिजो थप ३ जनाको मृ’त्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्। तर कोरोनाको उद्गमस्थल चीनले भने भाइरसलाई संक्रमण शून्यमा झारेको छ। चीनमा हिजो कुनैपनि नयाँ संक्रमित नभेटिनुका साथै मानिसको ज्यान समेत गएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार