logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ईरानमाथी अमेरिकी नाकाबन्दी ‘नसोचेको जवाफ दिने इरानी सेनाको चेतावनी’


  • एजेन्सी
  • बुधबार, चैत्र १९ २०७६

ईस्लामिक गणतन्त्र दिवसका दिन इरानको इस्लामिक रिभोलुसन गार्डस् कपर्स्ले विज्ञप्ती जारी गर्दै आफ्ना विरोधीहरुलाई चेतावनी दिएको छ । ‘कुनै पनि देशका कुनै भू–भागमा इरानवि’रुद्ध आप’राधिक सोचका शत्रुले गर्ने गल्ती उनीहरुको अन्तिम गल्ती हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘इस्लामिक रिभोलुसन फ्रन्टको निर्णायक र वि’ध्वंशकारी प्रतिक्रिया अनपेक्षित हुनेछ र उनीहरुले पछुतो गर्ने अवसर पनि पाउनेछैनन् ।’

बुबार इरानमा इस्लामिक गणतन्त्र स्थापना भएको ४१ औं वर्ष हो । तर अमेरिकी नाकाबन्दी सामना गर्नुपरेकाले इरानको आर्थिक अवस्था राम्रो छैन र अहिले इरान कोभिड–१९ सँग जुधिरहेको छ । यस्तो परिस्थितिमा सोमबार अमेरिकाले इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिन लम्ब्याउने घोषणा गरेको थियो ।

तेहरानलाई आणविक ह’तियार निर्माण गर्न सहज नहोस् भनेर यस्तो निर्णय गरिएको वासिङ्टनले जनाएको छ । इरानमा बुधबारसम्म ४४ हजार ६ सय ५ जनामा कोरोनाको संक्रमण फैलिएको छ र २८ सय ९८ को मृ’त्यु भएको छ । अमेरिकाको अवस्था अझै भ’यावह छ, यहाँ १ लाख ८८ हजारमा संक्रमण भइसकेको छ भने ४ हजारभन्दा धेरैले ज्या’न गुमाइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार