logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लकडाउन सत्ताधारीले नाफा कमाउने साधन बन्यो : मोहन वैध ‘किरण’


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

दार्शनिक नेता तथा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले कोरोनाजन्य महामारी कोभिड–१९ निणन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलगायतका कार्यक्रम राम्रो जस्तो देखिएपनि मुख्यतः व्यवहारमा हेर्दा ती घोषणाले जनताको आँखामा छारो हाल्ने काम बाहेक गर्न नसकेको प्रष्ट पारेकाछ्न ।

चैत्र १९ गते बुधबार एक विज्ञप्ति जारी गर्दै वैद्यले लकडाउन सत्तामा बस्नेहरुका लागि आर्थिक लाभ गराउने साधन बन्न गएको आभाष दिएको समेत बताएका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट मेडिकल सामग्री खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहँदा वैद्यले पनि यसैप्रति लक्षित गर्दै धारणा सार्वजनिक गरेका हुन ।

महामारीको बखत भ्रष्टाचार गर्नेलाइ कडा भन्दा कडा कार्वाही गर्न पनि माग गरेका छन् । यस्तै वैद्यले नेपाल–भारतको सिमा क्षेत्रमा नेपाली अलपत्र पर्दा पनि राज्यले चासो नदिएको विज्ञप्तिमार्फत जनाएका छन् ।

कोरोनाको परीक्षणलाई व्यापक विस्तार गरी सङ्क्रमितहरु पत्तालगाउने र तिनीहरुलाई आइसोलेसनमा राखी वाँकीलाई सङ्क्रमित हुन नदिने तरीकाले काम गर्नुपर्नेमा सरकार अहिलेसम्म एक हजार साठी जनाको मात्र परीक्षण गरी नेपालमा जम्मा ५ जना सङ्क्रमित भएको भनेर बसिरहेको समेत वैद्यले आरोप लगाएका छन् । ‘यो अत्यन्त गैर जिम्मेवारपूर्ण काम हो । परीक्षणलाई जति धेरै विस्तार गरिन्छ त्यति छिटो यो महामारीबाट छुटकारा पाउने संभावना रहन्छ भन्ने कुरामा हाम्रो पार्टी सरकारको विशेष ध्यानाकर्षण गर्न चाहन्छ’ विज्ञप्तिमा भनिएको छ ।

माओवादीले अस्पतालमा कोरोनाका आशंका गरिएकाको उपचार नभएको, मजदुर, गाउँका गरीव किसान र निम्न आय भएका जनताका लागि राहत कार्यक्रम प्रभावकारी नभएको, प्रहरीबाट सर्वसाधारणमाथि हातपात भएकोलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार