पोखरा – पोखरा महानगरपालिकाले लकडाउनको प्रभावमा परेका अति विपन्न परिवार र ज्याला मजदुरी गर्ने परिवारलाई दिइने राहतको मापदण्डलाई सहज गरेको छ।
राहत लिनका लागि स्वयंको नागरिकता वा सम्बन्धित घरधनीको नागरिकतामध्य कुनै एउटा भए हुने महानगरपालिका स्रोतले जनाएको छ।पोखरा महानगरपालिकाको आज कार्यपालिका बैठकमा मापदण्ड झन्झटिलो र अव्यवहारिक भएको कुरा चलेपछी छलफलपछि नागरिकता बाहेकका अन्य सबै मापदण्ड हटाउने निर्णय गरेको हो।
अव यस्तो व्यवस्थाले गरीब तथा विपन्न वर्गलाई राहत लिन सहज हुने छ ।यसअघि महानगरपालिकाले राहतका लागि निवेदकको नागरिकताको फोटोकपी, फोटो, घरको नक्सापास, खानेपानी तथा विद्युत महसुल तिरेको बिल र घर बहाल सम्झौता पत्रको फोटोकपी आवश्यक पर्ने मापदण्ड तोकेको थियो ।
यस्तो मापदण्ड झन्झटिलो र अव्यवहारिक भएको भन्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले विज्ञप्तिमार्फत् मापदण्ड सहज बनाउन माग गरेका थिए ।