logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोना बाट ४५ हजारको मृ’त्यु ९ लाख संक्रमित


  • राजनीति
  • बिहिबार, चैत्र २० २०७६

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेकाे संख्या बु्धबार रातिसम्म ९ लाख नाघेको छ । बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७९९ पुगेको हो ।

यस्तै ४५ हजार ३३४ जनाको मृ’त्यु भएको छ ।

यसैगरी १ लाख ९० हजार ६६० जना कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।

कोरोनाबाट बेलायत र स्पेनमा एकैदिन क्रमशः ५६३ र ५८९ जनाको मृ’त्यु भएको छ । यस्तै अमेरिकामा ३४१ र इटालीमा सर्वाधिक ७२७ जनाको मृत्यु भएको छ । इरानमा पनि १३८ जनाको मृ’त्यु भएको छ ।

नेपालमा यो भाइरसको संक्रमण हालसम्म ५ जनामा देखिएको छ भने त्यसमा पनि एक जना निको भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार