logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चर्काे विवादमा परेका मन्त्री ढकालकाे राजिनामा माग, कसले के भने ? हेर्नुस्


  • राजनीति
  • बिहिबार, चैत्र २० २०७६

यतिबेला स्वास्थ्य मन्त्री भानुभक्त ढकालकाे राजिनामा काे चर्काे माग भएको छ। म भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारीको मुख पनि हेर्दिन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै पटक दोहोर्याएका शब्द हुन् । यसको स्वागत भएकै थियो । तर दिन दिनै उनकै निकटहरु भ्रष्टाचार काण्डरुमा मुछिदै गए पछि प्रधानमन्त्री स्वयं संकटमा पर्दै गएका छन् । जसलाई विस्वास गर्यो उसैले फसादमा पार्ने पछिल्ल्लो समय यस्तै हुदै आएको छ ।

प्रधानमन्त्रीका विस्वासपात्र गोकुल बास्कोटा ७० करोड कमिसन सेटिङमा लागेको सार्वजनिक भए पछि बास्कोटा राजीनामा दिएर ओलीको निजी निवास बालकोटमा फर्किए । राजीनामालाई सकारात्मक रुपमा लिदै बास्कोटामाथि छानविन र कार्बाहीको माग बढ्यो । तर उनी सुरक्षित बसिरहेका छन् ।

अब अर्को काण्ड थपिएको छ श्वास्थ्य मन्त्री भानुभक्त ढकाल । उनी पनि ओलीका विस्वास पात्र भित्रकै मानिन्छन् । तर तीनै पात्र जानी जानी प्रलोभनमा हो या नबुझेरै हो नयाँ काण्डमा मुछिन पुगेका छन् । चीनबाट कोरोनाको परीक्षण, उपचार र पिपिई, एवं मास्क आदि खरीद गर्दा करोडौ भ्रष्टाचार भएको आशकामा सामाजि सञ्जालमा विरोध देखि अख्तियारमा उजुरी सम्म परेको छ ।

कोरोनाको संभावित महामारी र जोखिम कम गर्न द्रुत गतिमा चीनबाट उपकरण र सामाग्री ल्याउने नाममा मंहगोमा खरीद गरिएको र त्यसमा पनि कतिपय उपकरण विश्व स्वास्थ्य संगठनले मान्यता दिईनसकेको भित्रिए पछि श्वास्थ्य मन्त्री ढकाल नयाँ काण्डको फन्दामा परेका छन् ।
शुरुमा भएका टेन्डरहरु रद्ध भएको तर लक डाउन पछि रातारात सामाग्री किन्ने जिम्मेवारी दिएको भनेर सञ्चारमाध्यममा आए पछि मन्त्रालयको नाममा चैत्र १५ मा जारी विज्ञप्तिमा सञ्चार माध्यमका समाचार र सामाजिक सञ्जालमा लेखिएका टिप्पणीहरुलाई नकारात्मक भ्रम फैलाउने खालको भनी विना टेन्डर ओम्नी ग्रुपलाई सामान खरीद गर्न दिएको बिषयको बचाउ गरिएको थियो ।

साथै छिटो, छरीतोका लागि कानुन बमोजिम नै खरीद गरी सामान आउने क्रममा रहेको सो दिनको विज्ञप्तिमा भनिएको थियो । यसै दिन नेपाल वायुसेवा निगमको जाहाज गोन्झाउ गएको थियो श्वास्थ्य उपकरण लिन । करीब १५ टन सामाग्री लिएर सो जहाज १६ गते बिहान आईपुग्यो काठमाण्डौं । श्वास्थ्य मन्त्री र पर्यटन मन्त्री विमानस्थलमै पुगेर विमान र श्वास्थ्य सामाग्रीका अगाडी तस्वीर पनि खिचिए । त्यसै दिन चीनले सहयोग दिएको सामाग्री हस्तान्तरण पनि भयो ।

तर जब त्यसरी ल्याईएको मध्य र्यापीड टेष्ट किट विश्वस्थ्य संगठनले मान्यता दिईनसकेको र प्रयोगमा ल्याउन नमिल्ने भनेर सार्वजनिक भए पछि प्रकृया मिचेर महंगोमै ल्याए पनि नेपाली बाँच्छन् भने भनेर सहेका मानिसहरुमा आक्रोस बढ्यो ।

एकातिर महंगोमा ल्याएको , ल्याएको पनि कतिपय कामै नलाग्ने र डब्लुएचओको मान्यता नपाएको भनिए पछि श्वास्थ्य मन्त्रीको यस अघिको तर्कहरु कमजोर भए । करीब ७५ हजार किट काम नलाग्ने भएका छन् , जसको मुल्य सात करोड हाराहारी छ ।

मन्त्रीपरिषद्मा समेत प्रधानमन्त्रीले बचाउ गरेको कुरा सार्वजनिक भएको थियो श्वास्थ्य मन्त्रीको । यस लगत्तै बुधबार सरकारले थोरै भने भन्दा थोरै सामान ल्याएको र कतिपय कमसल ल्याएको भनेर ओम्नी समुहसगँको सम्झौता रद्ध गरी नयाँ प्रकृृया शुरु गरेको जनाएको छ ।
यस लगत्तै विवेकशील साझा पार्टीका बागमति प्रदेशका सांसद रमेश पौडेलले अख्तियारमा श्वास्थ्यमन्त्री विरुद्ध मुद्धा दायर गरेका छन् ।

चैत्र १७ गते राष्ट्रिय समाचार समितिसगँको कुराकानीमा उनले आफूले राजनीतिबाट एक रुपैया पनि नकमाउने र भ्रष्टाचार नगर्ने भनेका थिए । सामान खरीद प्रकृया शुरु भए देखि र सामानको मुल्य हुदै कमसल सामान आईपुग्दा सम्मको स्थितिमा मन्त्रीमाथि ठूलो नैतिक प्रश्न उठेको छ सार्वजनिक रुपमा , सामाजि सञ्जालमा र स्वयं उनकै दल नेकपा भित्रका नेताहरुले समेत सामाजिक सञ्जालमार्फत राजीनामाको दवाव दिन थालेका छन् ।

 

रामकुमारी  झाँक्री युवराज चौलागाँई लगायतका केन्द्रीय सदस्यलगायतले यसलाई घुमाउरो हिशाबले पार्टी जोगाउने कि भानुभक्त भन्ने आशयमा स्टाटस लेखेका छन् भने खगेन्द्र संग्रौलादेखि बाबुराम भट्टराई सम्मले यो भ्रष्टाचार नै हो भन्दै , मन्त्रीले नै सेटिङ मै भएको भन्दै कम्पनीलाई कार्बाही गरेर चोखिन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

सार्वजनिक रुपमा अन्य दलका नेता मात्र हैन आफ्नै पार्टी भित्र पनि मन्त्री ढकाललाई जोगाउन नहुने पक्षमा टिप्पणीहरु भईरहेको छ । मन्त्री ढकालले राजीनामा दिनु पर्छ भन्ने आवाज उठ्न थालेको छ सामाजिक सञ्जालका माध्यमबाट । तर यसमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट कुनै प्रतिकृया आउन बाकी  छ ।

कस्ले के भने हेर्नुस्

डाक्टर बाबुराम भट्टराई

खगेन्द्र संग्राैला

युवराज चाैलागाई

रामकुमारी झाक्री

अन्य

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार