logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौं कि युवतीमा भेटियाे काेराेना, संख्या ६ पुग्याे


  • राजनीति
  • बिहिबार, चैत्र २० २०७६

नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा भएको पुष्टि गरे । उनी चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी थिइन् ।

अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरीकी आफन्त हुन् ।

दुबै बेल्जियमबाट सँगै नेपाल आएका थिए । त्यसपछि उनीहरु यती एयरलाइन्सको विमानबाट पोखरा पुगे । एकदिन आफन्तकहाँ बसेर उनीहरु दुबै जिपमा बाग्लुङ पुगेका थिए । ‘घरमा आएपछि सामान्य भेटघाट गर्नुभएको रहेछ । सँगै आएकी किशोरीमा संक्रमण देखिएपछि उहाँ पनि क्वारेन्टाइनमा बस्नुभएको थियो’ एक अधिकारीले भने ।

बागलुङ अस्पताल स्रोतकाअनुसार उनलाई दमको समस्या थियो । तर, बेल्जियमबाट फर्किएपछि कोरोना संक्रमणको कुनै लक्षण पनि देखिएको थिएन ।

संक्रमण देखिएपछि उनलाई होम क्वारेन्टाइनबाट बागलुङ अस्पताल ल्याउने तयारी भइरहेको छ ।

एउटै विमानबाट आएका तीन जनामा संक्रमण

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो । संक्रमित सबै विदेशबाट आएका हुन् ।

त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो । त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो ।

त्यसको चार दिनपछि उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा पनि संक्रमण भएको पाइएको हो ।छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

त्यही फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० गते र बाग्लुङकी १९ वर्षीया युवतीमा चैत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिरामीको उपचार नगर्ने अस्पतालमाथि काउन्सिलले छानवीन गर्दै

काेराेना भाइरस भन्दै मेडिकल कलेज तथा अस्पतालहरुले बिरामीको उपचार गर्न नमानेपछि नेपाल मेडिकल काउन्सिलले लकडानपछि अस्पतालहरुमा विरामीको उपचारमा हेलचेक्रयाई गर्नेमाथि छानविन थालेको जनाएको छ ।

काउन्सिलले बिहीबार एक अपिल जारी गर्दै लकडाउनका समयमा ज्वरो आएका विरामीहरुको उपचारमा विभिन्न कठिनाइ आएको, चिकित्सकहरुले बिरामी नहेरेको र सोही कारण विरामीको मृत्यु समेत भएको तथा कोभिड १९ को आशंकाका भरमा अन्य विरामीको समेत न्युनतम उपचार नगरेर अन्यत्र पठाउने गरेको भन्ने समाचाहरु आएपछि काउन्सिलले छानविन थालेको जनाएको हो ।

काउन्सिलको अपिलमा मानव जातिलाई नै ग्रसित बनाएको कोभिड १९ को महामारीले नेपाललाई पनि प्रभावित पारेको भन्दै यसबाट हुने क्षतीलाई न्युनिकरण गर्न सम्बद्ध पक्ष लागिरहेको अवस्थामा यस्तो बहद लडाईमा स्वास्थ्कर्मीहरु, स्वास्थ्य संस्थाहरु र स्वास्थ्य मन्त्रालय मातहतका निकायहरुको निर्णायक भुमिका रहने उल्लेख छ ।

काउन्सिलले नेपालको पछिल्लो विकसित घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै चिकित्सकहरुलाई निर्दिेशिका अनुसारको सुरक्षकवचको प्रयोग गर्दै विरामीको उपचारमा सरिक हुन अपिल गरेको छ । त्यस्तै अस्पतालहरुमा आकस्मिक उपचारमा ढिलाइ नगर्न तथा कोभिड १९ का लागि नतोकिएका अस्पतालहरुले कोभिड १९ बाहेक अन्य रोगीहरुको जरुरी सेवाहरु यथावत सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्यस्तै काउन्सिलले कुनैपनि विरामी अस्पतालबाट रेफर गर्नुपरे स्क्रिनिग गरी यातायातको समेत व्यवस्था गरेर मात्रै गर्न सुझाव दिएको छ ।

‘जनताले कष्ट पाएको समयमा नै चिकित्सक र स्वास्थ्यकर्मीको पेशाको मर्यादा सावित हुने हुनाले यस विषम परिस्थतिमा उच्च मनोवल कायम राख्दै काउन्सिलको आचारसंहिता अनुरुप काम गर्न सवै चिकित्सहरुमा अनुरोध छ’, काउन्सिलले अपिलमा भनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार