logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

क्रान्तिकारीको सहयोगले बालबालिका र बृद्धहरु हर्षित


  • राजनीति
  • बिहिबार, चैत्र २० २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीले असाह्य बालवालीका तथा बृद्धबृद्धालाई खाध्य सामग्रि वितरण गरेको छ । साथै मास्क, डिटोल साबुन र सेनिटाईजर लगायतका सामग्री समेत वितरण गरेको छ ।

विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि जनचेतना र रोकथामका सचेत गराउन तथा असाह्यका लागि सहयोग गर्ने उदेश्यले अभियान नै सन्चालन गरिरहेको छ । सोहि क्रममा धनगढीमा रहेको सडकपेटिमा रहेका असाह्य , बालबालिका र वृद्ध बस्ने मानव सेवा आश्रमलाई मास्क, डिटोल साबुन, सेनिटाईजरका साथै ६ केजि दाल र नगद रुपैयाँँ ११५० सहयोग स्वरुप प्रदान गरिएको सङ्गठनका कैलाली अध्यक्ष सुबाश जोशीले जानकारी दिए ।
सो क्रममा संगठनका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज बबर जङ्ग सिंह लगायत विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा मानव सेवा आश्रम सुदुरपस्चिम का संयोजक आदर्श ढकाल ले विद्यार्थी सङ्गठनले यस्तो कोरोना भाइरस को महामारी फैलिरहेको अवस्थामा सो रोगको रोकथामका लागि मास्क, साबुन , सेनेटाईजर र दाल वितरण गरेर आफुलाई थप उत्साहित बनाएको भन्दै खुशी व्यक्त गर्नु का साथै अन्त्यमा उनले सबै सहभागी विद्यार्थी नेताहरु लाई धन्यवाद व्यक्त गर्नु भएको थियो । सङ्गठनको तर्फबाट केन्द्रिय सदस्य बबर जङ्ग सिंहले र अध्यक्ष जोशी ले आफ्नो सङ्गठन सदैव असाहाय ,वृद्ध र बेसाहारा को साथमा रहि सक्ने जति सहयोग सदैव गरिरहने प्रतिबद्धता गरेका थिए !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार