यतिबेला बिश्वनै कोभिड:१९ कोरना भाईरसबाट निकै जोखिम मोलिरहेको छ निकै ठूलो मानबिय क्षति ब्यवहोर्नुका साथै लाखौ मान्छेहरु संक्रमित छन ।
करोडौ संख्यामा नागरिकहरुले सास्ती खेपी रहेका छन् अहिले सम्म हेर्दा ,१०५६७०६,सङक्रमित भने,२२४१०२ उपचार पछि घरमा फर्किएका छ्न भने,मृत्यु ५५७८८, हाम्रो देश नेपाल पनि ११८४ जनालाई परिक्षण गर्दा ७ जनामा देखा परेको छ भने १५ जनालाई आईसोलेसन मा राखिएको छ भने एतिबेला नेपाल उच्चजोखिम संग लडिरहेकोछ ।
यहि बिचमा स्वास्थकर्मी लाई चाहिले अति आबसेक सामग्री खरिद गर्दा । घोटाला भएको बिसय ले बजार तताई रहेका बेला ।एस्को बास्तबिक कुरा केहो जनताले जान्न पाउने अधिकार छ। तर स्वास्थ मन्त्री यो बारे आफ्नो धारणा नै राख्न पछि पर्नुले उहाँ आफैले स्वास्थ मन्त्री पदबाट राजिनामा दिनु को अर्को कुनै विकल्प रहेन एतिबेला । बिस्वनै आफ्नो नागरिक लाई कसरी हुन्छ सुरक्षादिन लागि परेको बेला हाम्रो देशका मन्त्री हरु भने भतेर मनाउदैछ्न । यो पनि हेक्का रहोस् सरकार हामी तेस्तो देशका नागरिक हौ जहाँ सिटामोल सम्म किन्न सक्ने हैसियत छैन जनताको । किन खेलबाड हुदैछ् बिस्वका शक्ति राट्र्हरु अमेरिका,चाईना,हरुले नै हार मानिसको अबस्थामा नेपालको त कुनै लेखाजोखा नै छैन।
अन्य बिरामीहरु हस्पिटलको बेडमा छन् भने सयौ नागरिकहरुले ठूलो सास्ती खेपी रहेका छन् । दैनिक ज्यालादारी गरेर जीवन निर्वाहा गर्नेहरुको पीडा सुनिनसक्नु छैन कम्युनिष्ट सरकार यो समस्याको उचित समाधान तर्फ गम्भीर भएर लाग्नु को सट्टा जिम्मेवार निकाय स्वास्थ मन्त्रालय यो समस्या लाई फेरि पनि अवसरकोरुपमा प्रयोग गर्दै छ । राहात र उचित चेकजाचँको अति हल्ला गरिरहेकोछ खासमा स्थानिय निकाय जति क्रियासिल र जिम्मेवार देखिनु पर्नेहो त्यसो देखिदैन । प्रत्यक स्थानिय निकाय ले बिपत ब्याबस्थापन भनेर लाखौ रकम छुट्टाएका छन् त्यो कहाँ खर्च गर्ने हो उनिहको कुराहो त्यहा पनि लुटीखाने सपना देखिरहेका छन् किनकि कालिकोटमा जति हेल्थ डेक्स हरु र स्वास्थ्य चौकीहरु छन् त्याहा स्वास्थ्यकर्मि लाई प्रयोग गर्ने मास्क समेतको ब्यबस्था छैन १/१ चक्की सावुन बाहेक संक्रमितहरु र संकास्पद लाई राख्ने क्वारेन्टाइन पाएक पर्ने स्कुल घोषणा गरिएको छ । त्यहा अन्य कुनै ब्यबस्था देखिदैन सुरक्षाकर्मीहरु ब्याक्तीगत ब्यबस्थापन मै खटिरहेका छन् यहाँ ध्यान छैन ।
यस्तो जटिल परिस्थितीमा सेवामा निरन्तर खटिरहने स्वास्थ्यकर्मि मित्रहरु र सुरक्षाकर्मि मित्रहरु लाई हाम्रो पार्टी विशेष आभार सहित धन्यवाद ब्यक्त गर्दछ । सम्पुर्ण देसैभरिको पार्टी कमिटी अात्मअनुसाुसनमा रही जनसेवाका लागि जनचेतनामुलक काममा र कृतिम अभाव सृजना गरि हुने कालोबजारी नियन्त्रणमा लाग्न युवा संगठन ,जनबर्गिय संगठन र पार्टी कमिटी लाई विशेष निर्देशनगर्दै गाउँ घरमा हुने जमघट भोजभतेर र अन्धबिश्वासको पछी नलागेर होम क्वारेन्टायन र सरसफाईमा विशेष ध्यान दिई आफ्नो स्वास्थ्ग प्रति गम्भीर हौ अनाबस्यक र मास्क बिना हिडडुल नगरी लकडाउनको पालना गर्न सम्पुर्ण देसबासी जनसमुदायलाई हार्दिक अपिल गर्दै आबश्यक स्वास्थ उपकरण र औषधी ब्यबस्थापनका लागि नेपाल सरकार संग जोडदार माग गर्दछौ ।
यसरी बिश्व जगत त्राहिमाम र मुलुक पनि जोखिमको सन्निकट भएको बेला सम्पत्ति थुपार्न खोज्ने राजनिती र ब्यक्ति बाट जनताको स्वास्थ सुरक्षा नहुने देखिन्छ त्यसैले संकटको बेला पोको पार्ने सोच गरेकाहरुलाइ बिदा गरेर जनताको सेवामा सोच्नेलाइ जिम्मेवारी दिनुको बिकल्प नहोला ! न्युनतम रुपमा मात्र भए पनि जनता प्रति जवाफदेही बन । नत्र धिक्कार्ने छन । स्वास्थ संकट ल्याउने कोरोना र सामाजिक संकट पैदा गर्ने भ्रष्टाचार कमिशन खोरी दुबै हानिकारक छन ।