logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

काेराेना महामारी बिरुद्ध विश्वब्यापी युद्धबिराम घाेषणा गर्न राष्ट्रसंघकाे अपिल


  • राजनीति
  • शनिबार, चैत्र २२ २०७६

संयुक्त राष्ट्रसंघले कोराना महामारी विरुद्धको लडाई लड्न विश्वव्यापी युद्धविराममको आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरसविरुद्धको लडाई लड्न विश्वव्यापी युद्धविरामको आह्वान गरेका हुन् । महासचिव गुटेरेसले विश्वका युद्धग्रस्त देशहरुलाई सम्बोधन गर्दै कोरोना महामारीका विरुद्ध लड्नका लागि तत्काल हतियार विसाउन आग्रह गरे ।

महासचिव गुटेरेसले शुक्रबार लिविया,सिरिया,यमन लगायतका देशहरुप्रति संकेत गर्दै उनले भने, ‘अझै सबैभन्दा खराब स्थिति आउँन बाँकी छ, कोभिड–१९ आँधीबेहरी अहिले यी सबै थिएटरहरुमा आउँदैछ ।’ अहिले विश्वभर कोरोना महामारीका कारण ज्यान गुमाउनेका संख्या ५८ हजार १ सय ३६ पुगेको छ भने संक्रमितहरुको संख्या १० लाख नाघेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार