राजनीति
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ ।
यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ ।
यसअघि कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ। ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ ।
योसँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यहा हालै मात्र ल्याब स्थापना भएको थियो । स्रोतका अनुसार ति महिला बाहिर बाट हालै मात्र नेपाल आएको जनाएको छ । हिजो मात्र पोखरामा भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको परीक्षणका क्रममा कोरोना देखिएको भएता पनि काठमाडौमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको थियो ।

अहिलेसम्म नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमित सबै विदेशबाट आएका हुन् । त्यसमा पनि दोस्रो, तेस्रो र छैटौं संक्रमित चैत ४ गते दोहाबाट कतार एयरवेजको एउटै विमानमा आएका थिए । सुरुमा चैत १० गते काठमाडौंकी १९ वर्षकी युवतीमा संक्रमण देखियो ।
त्यसपछि विमानमा आएकाहरुको खोजी गर्दै परीक्षण गर्ने क्रममा बागलुङकी १९ वर्षीया किशोरीको पोजेटिभ रिपोर्ट आयो । त्यसको चार दिनपछि बिहीबार उनीहरुसँगै आएकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएको थियो ।
फाइल तस्वीर