logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

स्वास्थ्य मन्त्रालयको आग्रह : पीपीई जथाभावी प्रयोग नगर्नुस


  • रासस
  • शनिबार, चैत्र २२ २०७६

पालमा पहिलो पटक को’भिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) को’भिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् ।

बन्दाबन्दी ‘ल’कडा’उन’ को आज १२औँ दिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा को,भिड– १९ देखिएपछि रोकथाम र नियन्त्रणमा चुनौती थपिएको हो ।

आज एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा स,ङ्क्र,मण देखिएको छ । मुम्बाइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा देखिएको हो । महिला भने यसअघि कैलालीमा स,ङ्क्र,मित भेटिएका पुरूषको आफन्त हुन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कम्युनिटी ट्रान्समिसनलाई स,ङ्क्र,मणको दोस्रो चरण बताएको छ । पहिलो चरण स,ङ्क्र,मितलाई मात्र हुनु र त्यसबाट अन्यलाई सर्न नदिनुलाई मानिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कम्युनिटी ट्रान्समिसन भएपछि चुनौती थपिएकाले विदेशबाट आएका सबैको को,भिड– १९ परीक्षण गर्नुपर्ने बताउछन्

“पहिले हामी पहिलो चरणमा रहेका थियौ । नेपालमा नै रहेका व्यक्तिमा को,भिड– १९ देखिएपछि हामी दोस्रो चरणमा प्रवेश गरेका छौँ”, उनले भने, “विदेशबाट आएका मानिसमा मात्र होइन । अब तिनीहरु बसेको समुदायको स्क्रीनिङ गर्नुपर्नेछ ।”

उनले नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्ड, उत्तरप्रदेश विहारमा सङ्क्रमण देखिएकाले पनि हामीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले विदेश र भारतबाट प्रवेश गरेका सबैको को कहाँ छन् भनेर राम्रोसँगै निगरानी राखेर क्वारेन्टाइनमा राख्नुपर्ने बताउछन् ।

सातवटै प्रदेशबाट को,भिड–१९ को नमूना परीक्षण थालिएको र दिनदिनै को,भिड–१९ सङ्क्रमण देखिएपछि नेपालमा अबको एक हप्तामा वास्तविक स,ङ्क्र,मणको स्थिति कस्तो हुने थाहा हुनेछ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले बन्दाबन्दी ‘ल,कडा,उन’को अवधि थप गरेर स,ङ्क्र,मित रहेको समुदायको सबैको नमूना परीक्षण गर्नुपर्ने बताए ।

विश्वभरि फैलिएको म,हामा,रीका कारणले सरकार गत चैत ११ गते लकडाउन गरेको हो भने चैत ९ गतेदेखि विदेशबाट आउने अन्तरराष्ट्रिय विमानस्थल पनि बन्द भएकाले त्यसपछि नेपालमा हवाइमार्गबाट मानिस आएका छैनन् । सो अवधिमा आएका मानिसको अहिले स,ङ्क्र,मण देखिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले व्यक्तिमा स,ङ्क्र,मण देखिएकाले सचेत हुनुपर्ने बताउछन् । उनले समुदायमा स,ङ्क्र,मण सरेपछि यो साता निकै चुनौतीपूर्ण रहने बताए ।

नेपालमा यही चैत २५ गते ल,कडा,उनका अवधि १५ दिन पुग्दैछ । सो अवधिमा विदेशबाट आएका मानिसमा स,ङ्क्र,मणको लक्षण देखिए पनि ती व्यक्तिले अन्यलाई सारेकाले लकडाउन बढाउनुको विकल्प नरहेको विज्ञ सल्लाहकार डा कार्कीको भनाइ रहेको छ ।

“यो हप्ता हामी बाहिरबाट आएका लक्षण देखिएका मानिसमा कति कति देखियो भन्ने कुरा थाहा हुनेछ”, उनले भने, “अहिले एकै दिनमा तीन जनामा समेत देखियो । यसले हामीलाई यो हप्ता निकै कठिन हुन्छ ।”

यो ल,कडाउ,नको अवधिमा नेपालमा रहेका सङ्क्रमितको तथ्याङ्क आउने भएकाले जोखिम मानिएको हो । कोरोना भाइरसका सङ्क्रमण देखिने अनुसन्धानबाट दुई हप्ता हो । यो दुई हप्ताभित्रमा लक्षण देखिने हो भने देखिन सक्दछ । होइन भने देखिँदैन । चौध दिनपछि कममात्रामा लक्षण देखिने गर्दछन् । हाल नेपालमा विदेशबाट आएका आठ र एक जना नेपालमै रहेका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले समुदायमा नै सङ्क्रमण देखिएकाले नमूना परीक्षणको दायरा बढाउनुपर्ने बताउछन् ।

उनले नमूना परीक्षण दैनिक एक हजार पु¥याएर अवको हप्तामा विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्ने बताए । “व्यक्तिबाट व्यक्तिमा सङ्क्रमण सरेको छ । अब समुदायमा त्यो स¥यो कि सरेन भनेर हेर्नुपर्दछ, उनले भने, “विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्दछ । त्यसैले यो एक हप्ता हाम्रा लागि निकै चुनौतीपूर्ण रहन्छ ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार