logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काेराेनाले धेरैकाे ज्यान जानसक्छ : राष्ट्रपति ट्रम्प


  • एजेन्सी
  • आइतबार, चैत्र २३ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट धेरै अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका छन्। शनिबार अमेरिकामा भाइरस संक्रमित संख्या ३ लाख नाघेपछि उनले यस्तो चेतावनी दिएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

‘दुर्भाग्यवश धेरैको ज्यान जान सक्छ’, राष्ट्रपति ट्रम्पले भने, ‘सायद यो साता र आउँदो साताका बीचका दिन सबभन्दा जटिल हुनेछन्।’

हालसम्म अमेरिकामा ८ हजार ४०७ को कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने ३ लाख ८ हजार ८५० मा संक्रमण पुष्टि भइसकेको छ।

चीनको वुहानबाट गत डिसेम्बर अन्तिमदेखि सुरु भएको कोरानाबाट विश्वभर १२ लाख बराबर मानिस संक्रमित भइसकेका छन्। त्यस्तै ६४ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार