logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काे’राेना सम्बन्धि नियम नमान्दा प्रहरीले गाे’लि चलायाे, एककाे मृ’त्युु


  • एजेन्सी
  • सोमबार, चैत्र २४ २०७६

फिलिपिन्समा को’रोना भा’इरसको चेकप्वान्टमा मकै काट्ने ह’तियार देखाउँदै धम्क्याउने एक ६३ वर्षीय वृद्धमाथि शनिबार प्रहरीले गो’ली चलाउँदा मृ’त्यु भएको छ ।

देशको दक्षिणी प्रान्त अगुसान डेल नोर्टेस्थित नासिपिट गाउँमा राखिएको चेकप्वाइन्टमा ती वृद्धले गाउँका अधिकारी र प्रहरीलाई धम्काएपछि बाध्य भएर गो’ली प्र’हार गरिएको प्रहरीले जनाएको छ । ती व्यक्ति रक्सीले मातेको हुनसक्ने अनुमान गरिएको छ ।

‘मास्क नलगाएकोमा गाउँका स्वास्थ्य अधिकारीले ती व्यक्तिलाई चे’तावनी दिएका थिए,’ प्रहरीको रिपोर्टमा भनिएको छ, ‘तर, ती व्यक्ति रिसाएर अपशब्द प्रयोग गर्दै अधिकारीमाथि हतियार लिएर आक्रमणको प्रयास गरे ।’ ती व्यक्तिलाई रोक्ने प्रयास गरेका प्रहरीले गो’ली प्र’हार गर्दा उनको मृ’त्यु भएको थियो ।

को’रोनाभाइरससम्बन्धी नियम पालना नगरेकोमा प्रहरी कार’वाहीबाट मारिने ती व्यक्ति पहिलो हुन् । यसअघि बुधबार मात्र राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरस नियन्त्रणका नियमहरु नमान्नेलाई गो’ली हा’न्न आदेश दिएका थिए ।

‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गो’ली ठो’क्नुहोस्,’ उनले बुधबार अबेर राति प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार