राजनीति
विश्व नै काेराेना भाइरसकाे महामारीबाट आक्रान्त छ। नेपालमा काेराेना राेकथाम र नियन्त्रणका लागि भएका पहलहरु प्रयाप्त भएकाे देखिदैन। हालसम्म आउदा ९ जनामा संक्रमण देखिएकाे छ ती मध्य ८ जना बिदेशबाट आएका नेपाली र १ जना स्थानीयमा ।
काेराेनाबारे सबैभन्दा बढी समवेदनशील हुनुपर्ने सरकार र सरकारकाे नेतृत्वकर्ताले हाे भने त्यत्तिकै आम नागरिक पनि तर पछिल्लो चरण जिम्मेवार पदमा रहेर काेराेना नियन्त्रण मा गरिएकाे भ्रष्टाचार अनियमितता र बेथिति ले काेराेनाले पिराेलि रहेका आम नागरिक काे पिडा थप्ने काम स्वयम् राज्यका जिम्मेवार व्याक्तिबाट नै भएकाे देखिन्छ
सरकारले स्वास्थ्य उपकरण खरिद गर्दा वाहलवाला रक्षामन्त्री स्वास्थ्य मन्त्री लगायत जिम्मेवार व्याक्तिकाे संग्लग्नतामा भ्रष्टाचार भएको भन्दै व्यापक आलाेचना भइरहदा नेपाल सरकारका पुरवसचिव र वर्तमान स्वास्थ्य मन्त्रालयका सचिव बिच सामाजिक सञ्जालमा दाेहाेरी नै चल्याे ।
शनिबार साझ पुर्वसचिव भिम उपाध्यायले ट्विट गरे ‘भाेलि आइतबार सम्ममा बिष्णु रिमाल,उपप्रधानमन्त्री ईश्वर पाेखरेल,स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव काेइराला र डिजी महेन्द्र श्रेष्ठले पदबाट हटे भने अचम्म नमान्नु हाेला नभए हाेलसेल मै पदमुक्त हुन बाध्य हुनसक्छ ।’
लगत्तै स्वास्थ्य मन्त्रालयका सचिव यादव काेइराला काे ट्विट आयाे र जवाफ लेखे ‘भिम जि मेलम्चीमा यहाले भ्रष्टाचार गरेकाे समाचार पढ्दा मलाइ पनि त्यस्तै लागेकाे थियाे । हेक्का रहाेस अपराधीले अरुलाई पनि अपराधी नै देख्छन । म देश र जनताकाे नाेकर हु तपाईं जस्ताे अहंकारी अपराधी हाेइन म अपराधी र देशद्राेही पनि हाेइन । फेरि पनि हेक्का रहाेस । काेठामा बसेर अरुकाे चरित्र हत्यता नगर’ ।
चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय हुँदा स्वास्थ्य सेवा विभागबाट तयार भएको प्रस्ताव स्वास्थ्य सचिव कोइराला हुँदै मन्त्री भानुभक्त ढकालबाट अनुमोदन भएको थियो । तर, विवाद हुनसक्ने भन्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ र सचिव कोइरालाले प्रस्ताव मन्त्रिपरिषदबाट अनुमोदन गर्न सल्लाह दिएको स्रोतले बतायो । पूर्वसचिव उपाध्यायले यही पृष्ठभूमिलाई जोडेर सचिव कोइराला लगायतको नाम लेखेका हुन् ।
विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका उपाध्याय नेपाल ट्रष्टको कार्यालयबाट अवकाश भएका हुन् । हालै सचिव भएका कोइरालाले भने स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए । कोइराला ‘गृह प्रशासन’का क्याडर हुन् भने उपाध्याय इञ्जिनियरिङ समूहका हुन् ।
हेर्नुस् ट्विट