विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासको बिच २०७६ साल चैत्र २३ गतेको साँझ नेपालमा फेसबुकका वालहरुमा एउटा बिषय एकाएक भाइरल बन्यो ।
बिषय थियो टर्कीस एक चर्चित क्रान्तिकारी गायिका २८ बर्सिय हेलिन बोलेकको मृत्युप्रतिको श्रद्धाञ्जली सम्बन्धमा। गायिका बोलेक २८८ दिन देखि टर्की सरकारले लगाएको गित संगितमाथिको प्रतिबन्धको बिरुद्द कारागार भित्र भोक हडतालमा थिइन सोही क्रममा उनको मृ’त्यु भएको थियो।
हुनत यो घटना करिब तीन दिन अगाडिको थियो दुई तीन दिन अघिदेखी फट्टाफुट्ट श्रद्धाञ्जलीका स्टाटसहरु भने नआएका होइनन् तर तीन दिन पछि एकाएक भाइरल हुनुको कारण भने अचम्मको छ। सायद कुनै चर्चित ठुलै नामचलेका ब्यक्तिले पोस्ट्याये हुदाहुन सायद लेखक पत्रकार साहित्यकार कलाकार माथी दमन धरपकड यातना र ह’त्याको क्रुर र पासबिक प्रवृत्ति नेपालमा मात्र नभैइ बिस्वभर नै छ यो पुजीवादी ब्यबस्थाको प्रमुख बिशेसता नै हो ।
नेपालमा पनि कला साहित्य र पत्रकारिता गरेकै आधारमा थुप्रै श्रस्टा सर्जकहरुको राज्यले ह’त्या गरेको छ भारत लगाएत युरोप र पश्चिमा मुलुकहरुमा त्यो शृङ्खला जारी छ। जुन देशमा पुजिबाद बलियो छ त्यहा श्रष्टा सर्जकहरु सुरक्षित छैनन ,हुदैनन।
जुन देशको भए पनि जुन भुगोलको भए पनि श्रस्टा सर्जकहरु माथिको दमन यातना र ह’त्याले सबै क्रान्तिकारीहरुको मन दुख्छ । हेलिन बोलेकको मृ’त्यु प्रकरण अति नै दुखद कुरा हो यो घटना बाट फासिस्ट पुजीवादको जति निन्दा गरे पनि कम नै हुन्छ
यो दुखद घटनाले सारा बिश्वभरका क्रान्तिकारी श्रष्टा सर्जक लगाएत सम्पुर्ण श्रमजिबी बर्गलाइ चिन्तित बनायो । सबैलाइ स्तब्ध बनायो सगै आन्दोलन प्रतिको प्रतिबद्धता र निष्ठाको पाठ पनि सिकायो। बिश्वभरका क्रान्तिकारिहरुले यसमा दुख ब्यक्त गरे र श्रद्धाञ्जली अर्पण गरेका छन।
नेपालमा भने एउटा अनौठो देखियो जसले हिजो नेपालका महान सांस्कृतिकर्मी कृष्ण सेन इच्छुक चुनु सिल्पा च्याङबा तामाङ हरुलाइ ह’त्या गरे हो तिनि र तिनी आसपासका मान्छेहरुले हेलिन बोलेक को मृ’त्युमा फोस्रो श्रद्धाञ्जली अर्पण गर्न तम्सिए अथबा महान सहिद कृष्ण सेनका ह’त्याराहरुसग मिलेर सत्ता चलाइरहेका हरुका घुडा बाट धेरै आँसु बगे जस्ले आफ्नै देशमा एउटा कवि कविता लेखेकै भरमा जेल पर्दा यातना भोग्दा एउटा शब्द बोलेन बोल्दैन उहि सबैभन्दा पहिला उफ्री उफ्री बोलेकको मृ’त्युमा श्रद्धाञ्जली दिन आउँछ ?
जो आफ्नै देशमा महिनौं देखि हिरासतमा यातना बेहोरिरहेका जनकलाकार माइला लामा लाई आतंककारी देख्छ उसले टर्किकी क्रान्तिकारी गायिका हेलिन बोलेक लाई दिएको श्रद्धाञ्जली हो कि श्राप ?