राजनीति
बिश्वभर महामारीको रूपमा फैलिएको काेराेनाका कारण ६९ हजार ५ सयले ज्या’न गु’माएका छन भने करिव १३ लाख मानिसहरु संक्र’मित छन् । काेराेनाका कारण नेपालमा लकडाउनकाे घाेषणा गरिएको छ । नेपाल मा हालसम्म ८ बिदेशबाट आएका र १ स्थानीय गरि ९ जनामा काेराेना संक्र’मण देखिएकाे छ । सिंगाे देशा नै काेराेनाकाे सं’त्रासमा छ ।
यहि क्रममा सुर्खेतको सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनकबहादुर हमालले कोरोनाको शं’का गरिएका ब्यक्तिहरुलाई सरकारले गो’ली हा’न्नुपर्ने सुझाव दिएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै कोरोना सं’क्रमित व्यक्तिहरुलाई नेपाल सरकारले गो’ली हा’न्नुपर्ने भन्दै त्यस्तो सुझाएका हुन् ।
शनिबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,‘देश बिदेशबाट आएका ब्यक्तिहरु, कोरोनाको शंका गरिएका ब्यक्तिहरु अनिवार्यरूपमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले बनाएको क्वारेन्टाइनमा बस्नैपर्ने ब्यबस्था लागु गर्नुपर्यो । यदि कसैले मा’न्दैन भने नेपाल सरकारले उसको लागि एक गो’ली खर्च गर्नुपर्ने भो । किनकी उसको कारण धेरै मानिसहरूले ज्या’न गुमाउने छन् र ठुलो जनधनको क्ष’ति हुनसक्ने सम्भावना पनि बढ्नेछ ।’
नेपाली जनताले तिरेको करबाट तलब भत्ता लिइरहेका नेपाल सरकारकै जिम्मेवार अधिकृतले नागरिकलाई गो’ली हा’न्नुपर्ने भनेपछि गाउँपालिकाबासी आ’क्रो’शित भएका छन् । उनको स्टाटसमा क’मेन्ट गर्दै दिपेश कुमारले लेखेका छन्, ‘गरिब र पीडित नागरिक सेवा सुविधा दिने बजेट त मन्त्रीको खल्तीमा परेछ । पहिलो गो’ली भ्र’ष्टाचा’रीलाई दोस्रो गो’ली क्वारेन्टाइन बस्न नमान्ने ब्यक्तिलाई ।’
सिम्ता गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत जनकबहादुर हमालको फेसबुक स्टाटस
‘जनतालाई गो’ली खर्च नगरौं, हामी सबैको बो’ली पर्याप्त हुन्छ सर !’ अमर रानाले कमेन्ट गर्दै लेखेका छन् भने पूर्ण आर एनले ‘यो जटिल स’मस्या हो, त्यस्ता ब्यक्तिहरुलाई सुरक्षित स्थानमा राख्न सरकारको जिम्मेवारी हो, केन्द्र प्रदेश स्थानीय सबैको ! भन्दै आ’लोच’नात्मक कमेन्ट गरेका छन् । त्यस्तै भुवन केसीले गो’ली ठोक्नुभन्दा नि सम्झाउनु पर्यो सारै अबुझ त को होला र हजुर भन्दै कार्यकारीलाई सुझाव दिएका छन् ।
विदेशमा रहेर पत्रकारिता गरिरहेका पत्रकार कमल सिंह ठकुरीले उनको स्टाटसमाथि चो’टिलो प्र’हार गर्दै लेखेका छन्‘सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकृत जनकबहादुर हमालको भनाई सही छ वा गलत ? हामीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेवा पुगेको हेक्का रहोस् । देश बिदेशबाट सिम्ता आएका जनताले गो’ली खानुपर्ने भए तपाईहरु रग’तको आहालमा कसरी हाम्ले तिरेको तिरोबाट तलब खाएर ड’कार कार्ने अधिकृत ज्यू ?’
सरकारको प्रतिनिधिका हैसियतमा रहेका जिम्मेवार सरकारी अधिकृतले बिदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्नुको सट्टा गो’ली हान्न सुझाएपछि अहिले उनको चर्को आ’लोचना भइरहेको छ । नाम नलेख्ने सर्तमा सत्यपाटीसँग कुरा गर्दै सिम्ताका एक जना स्थानीयले भने, ‘यस्ता अधिकृतलाई नेपाल सरकारले सरकारी सेवाबाटै ब’र्खास्त गर्नुपर्छ ।’ तर, कतिपयले भने उनलाई सार्वजनीकरुपमा मा’फी माग्न सुझाएका छन् । सरकारका अधिकृतस्तरमा प्रतिनिधिले ज’थाभावी बोल्न नहुने धेरैको सुझाव छ ।
हेर्नुस् हमालकाे स्टाटस
