logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बैशाख ३ गते सम्म घरमै बस्न सरकारको निर्देशन


  • राजनीति
  • सोमबार, चैत्र २४ २०७६

Cabinet Meeting_2076-12-16

विगत १४ दिनदेखि जारी लकडाउन थप एक साता लम्बिने भएको छ । केहीबेरेअघि बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको अवधि बैशाख ३ सम्म थप्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने सिफासिरस गरेको थियो । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समितिको बैठकले २५ गतेसम्म कायम राख्न प्रस्ताव गरे बमोजिम मन्त्रिपरिषद्ले थप एकसाता लम्ब्याएको थियो ।

गत बिहीबार बसेको समितिको बैठकले पारिवारिकरूपमा खेतीबालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिने गरी केही खुकुलो पार्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार