logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

किन राखियाे सशस्त्रका डिएसपी सहित १२० प्रहरीलाई क्वारेन्टाइनमा ?


  • राजनीति
  • सोमबार, चैत्र २४ २०७६

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका, हेल्थ डेस्क तथा नियमित ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित १२० कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरुलाई ज्वरो तथा रुघाखोकी देखिएपछि क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता प्रविणकुमार श्रेष्ठले पुष्टि गरे ।

क्वारेन्टाइनमा बस्नेमा सुदूरपश्चिक प्रदेमा खटिने बढी छन् । सुदूरपश्चिम प्रदेशमा खटिएका ९६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै, प्रवक्ता श्रेष्ठका अनुसार १ नम्बर प्रदेशमा १७ जना, २ नम्बरमा १, बागमती प्रदेशमा ५ र कर्णाली प्रदेशबाट १ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

‘क्वारेन्टाइनमा राखिएका सबैको आवश्यक स्वास्थ्यपरीक्षण पनि भइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि अवस्था हेरेर काममा खटाइनेछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार