राजनीति
कपिलवस्तु- कोरोनाको आंशङ्कामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार गरिरहेका एक व्यक्तिको सोमबार मृ’त्यु भएको छ।
बिजयनगर गाउपालिका– २ जर्लेयाका ३० बर्षीय भर थरका व्यक्तिलाई ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरे पछी गत चैत २२ गते अस्पतालमा राखिएको थियो।
बिरामीलाई शुक्रवार शिवराजनगरपालिको चन्द्रौटामा रहेको अस्पतालबाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो ।
मृ’तक भर एक सामान्य किसान हुन । उनको सोमाबार राती ८ बजे मृ’त्यु भएको र बिरामीको स्वाब परीक्षणका लागि आईतावार बुटवल पठाईको तर अहिले सम्म रिपोर्ट नआएको अस्पतालले जनाएको छ।