अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसको विषयमा आफ्नो ब्रिफिङमा भारतले हाइड्रोक्सीक्लोरोक्विन औषधी निर्यातमा लगाइएको प्र’तिबन्ध हटाउँदैन भने अमेरिकाले पनि यसको बदलामा कार’वाही गर्ने चे’तावनी दिएका छन् ।
यद्यपि, अमेरिकाले भारतमाथि कस्तो प्रकारको कार’वाही गर्नेछ, त्यसबारे जानकारी भने दिएका छैनन् । आइतबार आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा भारतले यदि अमेरिकालाई हाइड्रोक्सीक्लोरोक्विन औषधी आपूर्ती गर्छ भने यसको निकै प्रशंसा गर्ने बताएको उनले सोमबारको जानकारी दिए ।
यद्यपि, भारतमा यो औषधीको निर्यातमा रोक लगाइएको छ । यो औषधी प्रमुख रुपमा मलेरिया र ल्यूपसका बिरामीका लागि प्रयोग गरिन्छ । अमेरिकामा यो औषधीमार्फत् नै कोरोनाभाइरस संक्रमितको उपचार गरिँदै छ । यद्यपि, यो कोरोनाभाइरसको प्रभावकारी औषधी भने होइन। Source:https://www. bbc.com/hindi/live/international52178621