logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

बेलायती प्रधानमन्त्री आईसियुमा, प्रधानमन्त्री ओलीद्धारा ट्विटमा कामना


  • राजनीति
  • मंगलबार, चैत्र २५ २०७६

मुकुकका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री जोन्सनले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न गरेका प्रयासहरुको प्रशंसा गर्दै स्वास्थमा शीघ्र सुधारको कामना गरेका छन् ।

सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका बेलायती प्रधानमन्त्री जोन्सन दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार