पोखरा- पोखरामा सवारी पासको दुरुपयोग गरेको पाए पछी कास्की प्रहरीले दुई जनलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ।
मलामी जाने भनी सवारी पास लिएर यात्रु ओसारपोसार गरेको पाएपछी कास्की प्रहरीले स्याङ्जा भिरकोट नगरपालिका वडा नम्बर ६ निवासी लिलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ५ का प्रताप पौडेललाई प्रकाउ गरी थप कारवाहीको लागी जिप्रका स्याङ्जा पठाएको कास्की प्रवता राजकुमार केसीले बताए।