को’भिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन्।हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको को’रो’ना भा’इर’सका कारण ज्यान गइसकेको छ।
अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्या’न गइसकेको छ। १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको स’ङ्क्र’मणमा परेका छन्।
नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा को’रो’नाको स’ङ्क्र’मण पुष्टि भइसकेको छ।स’ङ्क्रमण भएकामध्ये तीनजना निको भई काममा फर्किएका रियादस्थित नेपाली दूतावासले जनाएको छ। एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
निको भएर काममा फर्किएका नेपालीसँग नियमित सम्पर्कमा रहिरहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार उनीहरुबाहेक थप नेपालीमा कोरोना स’ङ्क्रमण भएको जानकारी प्राप्त भएको छैन।
साउदी अधिकारीहरुले जारी गरेको तथ्याङ्कअनुसार साउदी अधिराज्यमा को’रोना भा’इरसबाट स’ङ्क्रमितको सङ्ख्या दुई हजार ९३२ पुगेको दूतावासले जानकारी दिएको छ। साउदीले कोरोनाको स’ङ्क्रमण फैलन नदिन मुलुकभर क’फ्र्यू लगाएको छ।
दूतावासले विदेशी नागरिकसँग काम गर्दा, हिँड्डुल, उठबस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न तथा एकअर्काबीच दूरी कायम गर्न त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकमा आह्वान गरेको छ।
साउदीमा दुई लाखभन्दा बढी नेपाली कार्यरत रहेको बताइन्छ।