logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सरकारले खोस्याे निलाे नम्बर प्लेटका गाडी


  • राजनीति
  • बिहिबार, चैत्र २७ २०७६

उद्योगी तथा महावाणिज्य दूत सुलभ अग्रवाल पक्राउ परेको भोलिपल्टै सरकारले सबै महावाणिज्य दूतहरुलाई निलो नम्बर प्लेटको गाडी प्रयोग गर्न रोक लगाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी गराएको हो ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अबदेखि नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोग गर्न नपाउने जनाएको छ ।

सुलभ नेपालका लागि किर्जिकीस्तानका अवैतनिक दूत समेत हुन् । अग्रवालले जरो नाप्ने थर्मल गन कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ लिएर मंगलबार नक्सालबाट पक्राउ गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार